IME Life New

१९ जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ४१ अर्बमाथि, कुनको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा ४१ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा १२ अर्ब ९३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको हो । कम्पनीको खुद बीमा शुल्क आर्जन १७ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। खुद बीमा शुल्क आर्जन मध्ये नविकरण बीमा शुल्कको हिस्सा ४५.२५ प्रतिशत रहेको छ।

Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ७ अर्ब ५६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ५ अर्ब ३२ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, समिक्षा अवधिमा नेशनल लाइफले ३ अर्ब ६८ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ९९ करोड रुपैयाँ, यूनियन लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ३९ करोड रुपैयाँ, प्राईम लाइफले १ अर्ब ३१ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब १३ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ११ करोड रुपैयाँ, सिटिजन लाइफले ६५ करोड रुपैयाँ र आइएमई लाइफले ५७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, समितिको तथ्याङ्क अनुसार ज्योति लाइफले ५५ करोड रुपैयाँ, रिलायन्स लाइफले ५३ करोड रुपैयाँ, सन नेपाल लाइफले ४६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३८ करोड रुपैयाँ, सानिमा लाइफले ३३ करोड रुपैयाँ, प्रभु लाइफले २४ करोड रुपैयाँ, महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS