IME Life New

१६ बुँदे चितवन घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । चितवन प्रदर्शनी केन्द्रमा भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो ।
दुई दिनको सम्मेलनमा भएका वृहद छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छायाँ शर्माले बताइन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतका सरोकारवाला निकाय समक्ष यो घोषणा पेस गरी नीतिगत सुधारको लागि पैरवी गर्ने उनले बताइन् ।
कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ज्ञारेन्टी हुनुपर्ने, महिलामैत्री कृषि यान्त्रिकरण, कृषिमा काम गर्ने सरकारी निकायहरुको विकेन्द्रीकरणसँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने, कृषिमा बिमा र सहुलियत ऋणको प्रभावकारीता बढाउनुपर्ने, कृषिमा प्रयाप्त लगानीको खाँचो देखिएकाले सरकारको कृषिमा लगानी गर्ने नीति एकद्धार प्रणालीमा हुनुपर्नेलगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।
सम्मेलनको सहयोगी संस्थाहरुमा चितवन उद्योग संघ, युएस एड फिड द फ्युचर, एफएओ, हेफर इन्टरनेशनल, सेवा नेपाल, केएल दुगड ग्रुप, शिखर इन्स्योरेन्स, बैंकिङ पार्टनरहरुमा नविल बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, एग्रिकल्चर पार्टनरमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, एग्रिकल्चर इनेब्लेटर पार्टटरमा आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि, वेभभरेज पार्टनरमा कोकाकोला, भेन्यु पार्टनरमा वि विल्ड, डिजिटल ट्रान्सफरमेसन पार्टनरमा ठूलोडटकम, नलेज पार्टर एसोसिसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्टस् (अनाज) रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS