IME Life New

हुलास फिनसर्भले प्रिमियम वा बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने, डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा असार १६ गते काठमाडौंको टेकुस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धिको विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको जारी पुँजीमध्ये व्यक्तिगत सम्पर्कका माध्यमबाट नयाँ सर्वसाधारणमा बढीमा ३ करोड मूल्यबराबरको थप संस्थापक शेयर जारी गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

थप संस्थापक शेयर जारीपछि कम्पनीको प्रबन्धपत्रमा सर्वसाधारणका लागि छुट्याइएको शेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत अंकित मूल्यमा सर्वसाधारणलाई आइपीओ ल्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन प्रस्ताव पारित गर्नेछ। नियमनकारी निकायबाट प्रबन्धपत्रमा कुनै परिमार्जन, संशोधन तथा थपघट गर्नुपरेमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS