IME Life New

हिमालयन हाइड्रो एक्स्पोः ग्रीन हाइड्रोजन परियोजनाका लागि कन्सियस इनर्जी र ऊर्जा डेभेलपर्सबीच सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजना अगाडि बढाउन ऊर्जा डेभलपर्ससँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को दोस्रो दिन दुई कम्पनीबीच महत्वपूर्ण सम्झौता भएको हो ।

कन्सियस इनर्जी एक अनुसन्धान–उन्मुख परामर्श सेवा प्रदायकका रुपमा विसं. २०८० मा स्थापित भएको थियो। जसले हरित ऊर्जा क्षेत्रमा लगानी गर्न, सञ्चालन गर्न र आफ्नो उपस्थिति बढाउन खोज्ने ग्राहकहरुलाई सेवा प्रदान गर्दछ। यस कम्पनीले काठमाडौं विश्वविद्यालयद्वारा प्रशासित एनर्जाइज नेपाल कार्यक्रममार्फत प्रारम्भिक बीज कोष प्राप्त गरेको थियो र हाल हरित ऊर्जा क्षेत्रमा अग्रगामी प्रयासहरुमा सक्रिय रुपमा संलग्न छ। यसको मिसनलाई अगाडि बढाउँदै ऊर्जा सम्मेलन २०२३ मा आदानप्रदान गरिएको समझदारी ज्ञापनमार्फत औपचारिक रुपमा कन्सियस इनर्जी र ऊर्जा डेभेलपर्सको बीचमा भएको सहकार्यले दिगो ऊर्जा पहलहरुप्रति प्रतिबद्धतालाई जोड दिन्छ।

Esewa
Crest

केयूको ग्रीन हाइड्रोजन ल्याबलाई प्रतिनिधित्व गर्दै कन्सियस इनर्जीले आफ्नो अनुसन्धान तथा विकास सम्बन्धी विशेषज्ञता योगदान गर्नेछ भने ऊर्जा डेभलपर्सले परिचालनसम्बन्धी अनुभव र लगानी योगदान दिनेछ। ऊर्जा डेभलपर्सले शेयरधनीका रुपमा कन्सियस इनर्जीमा प्रवेश गर्नेछ र यसलाई व्यावसायिक परियोजनाहरुमा ठूलो लगानी आकर्षित गर्ने सार्वजनिक कम्पनीमा विस्तार गरिनेछ। कन्सियस इनर्जी नेपालमा ग्रीन हाइड्रोजन व्यवसायको लागि ठूलो सार्वजनिक कम्पनीको रूपमा विकसित हुने भनी सहमति भएको छ।

यस साझेदारी वैशाख १२ बाट सुरु भएको तीनदिने कार्यक्रम ‘हिमालयन हाइड्रो एक्स्पो’ मा प्रदर्शन गरिनेछ। जहाँ कन्सियस इनर्जी र ऊर्जा डेभेलपर्सले संयुक्त स्टलबाट साझेदारी प्रदर्शन गर्नेछन्।

कन्सियस इनर्जी स्पिनअफ कम्पनीहरु स्थापना गरी विश्वविद्यालयमा अध्ययन र विकास गरिएको ज्ञान र प्रविधि व्यावसायिक प्रयोजनका लागि हस्तान्तरण गर्ने केयूको लक्ष्यको एक सफल उदाहरण हो। यस साझेदारीले नेपालको कुनै पनि निजी कम्पनीले विश्वविद्यालयबाट गरिएको अनुसन्धान निष्कर्षहरुको स्वामित्व लिन र त्यसलाई वास्तविक र ठूला व्यावसायिक परियोजनाहरुका लागि कार्यान्वयन गर्न अपनाउने अहिलेसम्मको सबैभन्दा ठूलो कदमलाई देखाउँछ। यस नयाँ साझेदारीबाट कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यवसाय प्रवर्द्धन गर्न लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ।

हिमालयन हाइड्रो एक्स्पोमा हुने संयुक्त स्टलले नेपालमा दिगो ऊर्जा समाधानका लागि वातावरण प्रवर्द्धन गर्ने कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले गरेका पहलहरुबारे थप जानकारी लिन सरोकारवालाहरुलाई मञ्च प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS