IME Life New

हिमालयन हाइड्रो एक्सपो वैशाखमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले हिमालयन हाइड्रो एक्सपोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ।

इप्पानले हरेक २/#२ वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्सपो आगामी वैशाख १२, १३ र १४ गते आयोजना गर्न लागेको हो। एक्सपो आयोजनाका लागि इप्पान र एक्सपो एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

Esewa
Crest

सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तयार गरेर १० हजार मेगावाट विद्युत भारतमा र ५ हजार मेगावाट बंगलादेशमा र १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक रुपमा खपत गर्ने योजना बनाएको छ।

नेपाल र भारतबीच नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता भर्खरै भएको छ। यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्सपो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए।
नेपालमा ऊर्जा क्षेत्रका लगानीकर्ताको एकमात्र संस्था इप्पानले आयोजना गर्ने एक्सपोमा सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्सपोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ।

एक्सपोमा जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजार, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सिमेन्ट, डन्डीलगायतका सामाग्रीको प्रदर्शनी हुनेछ। यससँगै जलविद्युत, सोलार, हाइड्रोजनलगायतका विषयमा सेमिनार तथा छलफलहरुसमेत आयोजना गरिनेछ।

एक्सपोमा ऊर्जा क्षेत्रका इनोभेटिभ आइडियाहरुका बीचमा प्रतिस्पर्धा गराउनुका साथै विभिन्न विद्युत आयोजनाको वारेमा जानकारी दिन डेमोहरु प्रस्तुत गरिनेछन्। एक्सपोमा २०० भन्दा बढी स्टल रहने र करीब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS