IME Life New

हिमालयन रि इन्स्योरेन्स कम्पनीको लगानी अवैध नभएको सिरोहियाको स्पष्टिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सत्ता बहिर्गमन पछि केहि मिडियाका सञ्चालक तथा प्रधान सम्पादकहरुलाई किटेर लाल्छना लगाए पछि सम्बन्धित मिडियाका सञ्चालक तथा प्रधानसम्पादकहरुले सञ्चार माध्यमबाटै आरोप पुष्टी गर्न चुनौती दिएका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले हिजो प्रेश विज्ञप्ती जारी गर्दै लामिछानेलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनीको सूचिमा कान्तिपुर मिडिया ग्रुपका सिरोहियाको नाम देखिए लगत्तै उनलाई विभिन्न सञ्चार माध्यमले गोल्डेन शेयर प्राप्त गरेको भन्दै आरोप लगाउदै आएका थिए ।

Esewa
Crest

यसै क्रममा निवर्तमान गृहमन्त्री समेत भइसकेका लामिछानेले कैलास सिरोहियालाई संकेत गर्दै ‘कसैले इन्सुरेन्स खोल्यो, उहाँलाई चढाउनुपर्ने’ भन्दै हिमालयन रिइन्स्योरेन्स लिमिटेडमा रहेको उनको लगानीबारे प्रश्न उठाएका थिए । सिरोहियाले प्रेस विज्ञप्तिमा त्यसबारे मैले सामाजिक सञ्जालहरूमा पनि जिज्ञासाहरू आएको देखेको जनाएका छन् ।

उनले जनाएका छन् ‘केही वर्षअघि त्यो कम्पनी खडा गरिँदा मैले पनि एक व्यवसायीका रूपमा १० करोड रुपैयाँ बराबरको त्यसको प्रमोटर सेयर खरिद गरेको हुँ । त्यो मैले कसैको निगाहमा होइन, आफैंले बकाइदा सरकारलाई कर तिरेको वैध रकमबाट किनेको हुँ ।’

हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर सिरोहियाले कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेका खाताहरूबाट रकम निकाली, त्यहीँका चेक प्रयोग गरी पारदर्शी ढंगबाट खरिद गरेको स्पष्टिकरण दिएका छन् । उनले भने ‘त्यो के–कसरी–कति कारणले अवैध भयो ? के मैले कुनै व्यावसायिक कारोबार नै गर्न पाउँदिनँ ?’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS