IME Life New

हिमालयन रिइन्स्योरेन्सको शेयरमा आज पनि सकारात्मक सर्किट, कति बढ्यो लगानीकर्ताको सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कारोबारमा आएको पाँचौँ दिन आज आइतबार पनि हिमालयन रिइन्स्योरेन्सको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ।

आज कारोबारको खुलेको ५ मिनेटमै हिमालयन रिइन्स्योरेन्सको शेयरभाउमा ९.९९ प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। योसँगै हिमालयन रिइन्स्योरेन्सको शेयरभाउ बढेर ४९७.८० रुपैयाँ पुगेको छ।

Esewa
Crest

मार्केट डेप्थमा आज पनि यो कम्पनीको शेयरमा खरिदचाप देखिएको छ। यो समाचार तयार पर्दासम्म १९ लाख ६१ हजार ८५ हजार कित्ता शेयर खरिद अर्डर परेको छ। बिक्रीतर्फ भने एक कित्ताका लागि पनि अर्डर परेको छैन।

यो कम्पनीको शेयर सर्वसाधारणले २०६ रुपैयाँमा किनेका थिए। यो हिसाबले आइपीओमा लगानी गरेकाहरुले आजसम्म २९१.८ रुपैयाँ कमाइसकेका छन्। यो हिसाबले लगानीकर्ताले यो कम्पनीको शेयरबाट पाँच दिनमा १४१.६५ प्रतिशत रिटर्न पाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

22%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS