IME Life New

हिमालयन रिइन्स्योरेन्सको आइपीओ यही साता सूचीकृत हुने, कति पाउला ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ यही साताभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ।

कम्पनीको शेयर रजिस्ट्रार एनएमबि क्यापिटलले सबै प्रक्रिया पूरा गरी फाइल नेप्सेमा पठाइसकेको जनाएको छ। ‘सम्भवतः यही साताभित्र हिमालयन रिको आइपीओ नेप्सेमा सूचीकृत हुनेछ’, क्यापिटलका एक अधिकारीले भने।

Esewa
Crest

हिमालयन रिको आइपीओ गत बुधबार (पुस ११ गते) बाँडफाँड गरिएको थियो। यो आइपीओमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन सदर भएको थियो। तीमध्ये १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनले मागबमोजिम नै शेयर पाएका थिए। गोलाप्रथाबाट भाग्यमानी २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका थिए।

कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो। बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणलाई बिक्री गरेको थियो।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको थियो।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ सम्मको प्रतिशेयर नेट्वर्थ १०३.०७ रुपैयाँ रहेको छ। यस हिसाबले कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

49%
happy

खुसी

9%
sad

दु :खी

6%
amazed

अचम्मित

26%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS