IME Life New

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले निष्काशन गरेको आइपीओमा हालसम्म वैदेशिक रोजगारीमा रहेका साढे १४ हजार बढीले आवेदन दिएका छन्। सीडीएसका अनुसार आज अर्थात मंसिर ८ गते साँझ ५ः०७ बजेसम्म १४ हजार ७५२ जनाले २६ करोड ४२ लाख ५८ हजार ८६० रुपैयाँबराबरको १२ लाख ८२ हजार ८१० कित्ता लागि आवेदन दिएका हुन्।

कम्पनीले मंसिर ४ गतेदेखि प्रिमियममा आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ साधारण शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो।

Esewa
Crest

सोमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको हो। २ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई, ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ विक्री पछि अब यसपछि सर्वसाधारणका लागि बिक्री मिति तय गर्नेछ। उक्त आइपीओमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था छ। उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर ४ गतेदेखि मंसिर १८ गते बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन्।

कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको थियो। बोर्डले कार्तिक १ गते अनुमति दिएको हो।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले आवेदन दिँदा हिमालयन रिइन्स्योरेन्सको महाराजगञ्ज काठमाडौं, एनएमबि क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखा कायाृलय तथा सिडिएसीबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर र सी आस्वा मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS