IME Life New

हिमालयन डिस्टिलरीको नाफामा पहिरो, ३९.५५% ले घट्यो आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म हिमालयन डिस्टिलरीले २१ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६३.५१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अधिमा कम्पनीको सञ्चालन मुनाफा पनि ६०.६५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ८२ करोड २५ लाख रुपैयाँ गरेकोमा समीक्षा अवधिसम्म घटेर ३२ करोड ३६ लाख रुपैयाँमा सीमित बनेको छ।

समीक्षा अवधिसम्म कम्पनीले उत्पादन बिक्रीबाट २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले उत्पादन बिक्रीबाट ४ अर्ब ५३ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले कम्पनीको आम्दानी ३९.५५ प्रतिशतले घटेको छ।

आम्दानीसँग सञ्चालन मुनाफा पनि घट्दा हिमालयन डिस्टिलरीको नाफामा संकुचन आएको हो।

चुक्तापुँजी २ अर्ब ६७ करोड २५ लाख रहेको कम्पनीको रिजर्भको आकार ३७.१० प्रतिशतले घटेर ५२ करोड ८२ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको रिजर्भमा ८३ करोड ९८ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) पनि ६३.५० प्रतिशतले घटेर १०.५ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको ईपीएस २८.७७ रुपैयाँ थियो। पीई रेसियो १४१.७४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११९.७७ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS