IME Life New

हिमालयन डिस्टिलरीः ३० दिनभित्र बाँकी पुरानो नगद लाभांश बुझिलिन आग्रह, नत्र गुम्न सक्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीले ३ आर्थिक वर्षको नगद लाभांश लिन बाँकी शेयरधनीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७२।७३ देखि २०७४।७५ को नगद लाभांश बुझिलिन बाँकी शेयरधनीहरुलाई सम्पर्क आउन आग्रह गरेको हो। ती आर्थिक वर्षको नगद लाभांश लिन बाँकी शेयरधनीहरुलाई ३० दिनभित्र कम्पनीको शेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालय सम्पर्क गरी बुझिलिन कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

तोकिएको म्यादपछि पनि नगद लाभांशको रकम लिन नआएको खण्डमा कम्पनी ऐन, २०६३ को दफा १८२ (९) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले स्पष्ट पारेको छ। यसको अर्थ तोकिएको समयभित्र लिन बाँकी नगद लाभांश नलिएको खण्डमा गुमाउनुपर्ने हुन सक्छ।

ती आर्थिक वर्षको नगद लाभांश लिन बाँकी शेयरधनीहरुको नामावली हिमालयन डिस्टिलरीको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS