IME Life New

हिमालयन जनरलको कुल बीमा शुल्क आर्जन ४०.९५ प्रतिशतले बढ्यो, २५ हजार बीमालेख जारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा ७२ करोड ७९ लाख ३५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ४०.९५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ५१ करोड ६४ लाख १६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार २५ हजार १ सय १९ बीमालेख कायम भएका छन् । चालु आवको सोही अवधिको तुलनामा यो ३३.८४ प्रतिशतले बढी हो । कम्पनीमा गत पुस मसान्तको अवधिमा १८ हजार ७ सय ६७ बीमालेख जारी रेहका थिए ।

Crest

कम्पनीले पुस मसान्तको अवधिमा २६ करोड ९८ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिका कम्पनीले १४ करोड ७६ लाख २३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीको भुक्तानी हुन बाकी दाबी संख्या १२ सय ४५ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीमा भुक्तानी हुन बाकी दाबी संख्या ११ सय ४८ रेहको थियो ।

चालु आर्थिक वर्ष ७५ ७६ को दोस्रो त्रैमासको अवधिमा कम्पनीले ८ करोड ६० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवकिो तुलनामा यो ६८ प्रतिशतले बढी हो । गत आवको पुस मसान्त सम्ममा कम्पनीले ५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

हिमालयन इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब भन्दा माथि रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा रहेको छ । पि.ई अनुपात ४७ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १ सय ६३ रुपैयाँ १५ पैसा रहेको छ भने प्रति शेयर कुल सम्पत्तिको मूल्य २ सय ७५ रुपैयाँ ०८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS