IME Life New

हालसम्मकै ठूलो आइपीओ ल्याउन विद्युत प्राधिकरणलाई अर्थ मन्त्रालयको सहमति, प्रिमियम मूल्यमा जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई प्रिमियम मूल्यमा आइपीओ ल्याउन सहमति प्रदान गरेको छ।

अर्थ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई अधिकृत पुँजी ३ खर्ब रुपैयाँ पुर्याउने गरी आइपीओ ल्याउन सहमति प्रदान गरेको हो। यसका लागि अब प्राधिकरणले ६० अर्ब रुपैयाँबराबरको आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ। यो नेपालकै सबैभन्दा ठूलो आइपीओ हुनेछ।

Esewa
Crest

प्राधिकरणले संस्थाको वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो। प्राधिकरण सञ्चालक समितिसमक्ष कार्यकारी निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकोले उक्त अधिकृत पुँजीको १० प्रतिशतले हुन आउने शेयर सर्वसाधारणका लागि जारी गर्ने स्वीकृतिका लागि प्रस्ताव गरेका थिए। सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी ३ खर्ब रुपैयाँ कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषदसमक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम खुद सम्पत्ति (नेटवर्थ) को दुईगुणासम्म प्रतिशेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पुँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई शेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय सञ्चालक समितिले गरेको छ। ऊर्जा मन्त्रालयमा पठाइएको प्रस्तावमा प्राधिकरणको शेयरको बुक भ्यालु १२५ रुपैयाँ कायम गर्ने र सोही मूल्यबराबरको प्रिमियम रकम थप गरी प्रतिकित्ता २५० रुपैयाँमा शेयर जारी गरिने उल्लेख छ।

प्राधिकरणको हाल अधिकृत पूँजी १ खर्ब २५ अर्ब रुपैयाँबराबर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS