IME Life New

हायर पर्चेज संस्थाको सञ्चालक र प्रमुख कार्यकारीको नियुक्तिमा कडाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आपराधिक पृष्ठभूमीका व्यक्तिलाई हायर पर्चेज कर्जा दिने संस्थाको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा बहाल गर्न नेपाल राष्ट्र बैंकले रोक लगाएको छ। केन्द्रीय बै‌ंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन २०८०)” संशोधन गर्दै यस्तो प्रावधान लागू  गरेको हो ।

नयाँ प्रावधान अनुसार  प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधवापत सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भई नसकेको व्यक्ति हायर पर्चेज स‌ंस्थाको सञ्चालक नियुक्त हुन पाउने छैनन् । यसबाहेक टाट पल्टेको वा भ्रष्टाचार, बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको व्यक्ति समेत सञ्चालक नियुक्त हुन नपाउने भएका छन् । यो बाहेक कालोसूचीमा समावेश भएको वा त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेको व्यक्तिलाई पनि प्रतिबन्ध लगाइएको छ।

Esewa
Crest

आफ्नो पूर्व कारोबारमा नेपाल राष्ट्र बैंकबाट निलम्बन गरिएको वा वा त्यस्तो निलम्बनबाट फुकुवा भएको ५ वर्ष पुरा नभएको वा बैंकको अनुसन्धानमा शंकास्पद कारोबारमा संलग्न भनी किटान गरी निलम्बनमा परेपछि कारवाही फुकुवा भएको पाँच वर्ष नपुगेको वा त्यस्तो शंकास्पद कारोबारको संलग्नताबाट सफाई नपाएको व्यक्ति सञ्चालक वा प्रमुख कार्यकारी नियुक्त पाउने छैनन् ।

यसबाहेक कालो धनलाई सेतो बनाउने स‌ंभावनालाई न्यून गर्नका लागि राष्ट्र बै‌ंकले हायर पर्चेज संस्थाले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर  लिनुपर्ने भएको छ। यो प्रावधान २५ लाख रुपैयाँ वा सोभन्दा थोरै रकमको कर्जा सुविधा लिएको व्यक्तिको हकमा लागू गरिएको छैन ।

नयाँ प्रावधानका कारण अबदेखि हायर पर्चेज स‌ंस्थाले भाका नाघेकाे कर्जामा २ प्रतिशत बिन्दु भन्दा बढी ब्याज हर्जाना लिन नपाउने भएका छन् ।यसैगरी हायर पर्चेज संस्थाले आफ्नो नामसँगै हायर पर्चेज प्रालि वा लिमिटेड भन्ने शब्द समेत जोड्नुपर्ने भएको छ।

हायर पर्चेज स‌ंस्थाको रुपमा राष्ट्र बै‌ंकबाट इजाजत प्राप्त वित्तीय संस्थाले आफ्नो ग्राहकलाई सवारी साधन, विद्युतीय उपकरण वा घर खरिद गर्नका लागि बै‌ंकले जस्तै कर्जा सुविधा दिन्छ। बैंकले निक्षेप समेत संकलन गर्ने इजाजत पाएको हुन्छ भने यस्तो स‌ंस्थाले कर्जा प्रवाह गर्ने र त्यस्तो कर्जा रकम असुलि गर्ने इजाजत मात्र पाएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS