IME Life New

हाथवे इन्भेस्टमेन्टको शेयरभाउमा लगातार उछाल, आइपीओ लगानीकर्तालाई १५ गुणा बढी रिटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा हालै कारोबारमा आएको हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताहरु मालमाल भएका छन्।

आज यो समाचार तयार पार्दासम्म हाथवेको शेयरभाउ प्रतिकित्ता ७५०.३० रुपैयाँमा कारोबार भइरहेको छ। यो बेलासम्म यो कम्पनीको शेयरभाउ ६८.२० रुपैयाँ अर्थात १० प्रतिशतले बढेको छ।

Esewa
Crest

दोस्रो बजारमा कारोबारमा आएदेखि यो कम्पनीको शेयरभाउ लगातार बढिरहेको छ। यो कम्पनीले ५० अंकित मूल्यमा आइपीओ बिक्री खुला गरेको थियो। आजको मूल्यसँग तुलना गर्ने हो भने यो कम्पनीका आइपीओ परेको शेयर किनेर होल्ड गरिरहेकाहरुले आफ्नो लगानीमा १५ गुणा बढी अर्थात १४००.६ प्रतिशत रिटर्न पाइसकेका छन्।

गत असोज २४ गतेबाट हाथवेको शेयर दोस्रो बजारमा कारोबारमा आएको थियो। यो कम्पनीको शेयर प्रतिकित्ता २८५.२ रुपैयाँमा पहिलो कारोबार भएको थियो। पहिलो कारोबारमै लगानीकर्ताले ४७० प्रतिशतभन्दा बढी रिटर्न पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS