IME Life New

हवाई दुर्घटनाको बीमा रकममा ठुलो वृद्धि, नेपालको उड्डयन क्षेत्र विश्वस्तरको हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लामो समय देखि बहश हुदै आएको हवाई दुर्घटनामा मृत्यु हुनेको बीमा रकममा व्यापक बृद्धि हुने भएको छ । अन्र्तराष्ट्रिय हवाई परिवहन विषय नियमहरु एकिकरण गर्ने सम्बन्धमा व्यवस्था भएको ‘मोन्ट्रियल महासन्धि’ प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै बीमा रकम बढ्ने भएको हो । हवाई उड्डयनको माध्यमबाट हुने परिवहनबाट सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्ने लक्ष्यका साथ सरकारले उक्त महासन्धिलाई सदनमा पेश गरेको हो।

हाल हवाई दुर्घटनामा मृत्यु भएका परिवारले २० हजार डलर मात्रै पाउने व्यवस्था छ । तर अब मन्ट्रियल महासन्धि लागु भएपछि यो रकम १ लाख १३ हजार १ सय एसडीआर अर्थात् एक लाख ५८ हजार नौ सय १० अमेरिकी डलर पुग्नेछ । महासन्धिअनुसार अब हवाई यात्रुको बीमाबापत रु एक करोड २४ लाख ४१ हजार प्राप्त गर्नेछन् ।

Esewa
Crest

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार संसदमा अन्तर्रा्ष्ट्रिय हवाई परीवहन विषयक नियमहरू एकीकरण व्यवस्था गर्ने मोन्ट्रियल महासन्धि संसदले सर्वसम्मत पारित भएको हो । यो व्यवस्थाले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने छ ।

संसदले अनुमोदन गरेको महासन्धि ६० दिनपछि विधिवत लागु हुनेछ । नेपालमा उडान गर्ने अन्य देशका वायुसेवा कम्पनीले पनि यो महासन्धि बमोजिम नै नेपाल आउने प्रत्येक यात्रुको बीमा दायित्व तय गर्नुपर्दछ । सो महासन्धि लागू भएपछि हवाई उडान दुर्घटना वा हवाई अव्यवस्थापनका कारण भोग्नुपरेको कष्ट, कार्गोको ढिलाइ, ओसारपसार गर्दा हुने सामानको नोक्सानी वा क्षतिको उचित क्षतिपूर्ति प्राप्त गर्ने प्रावधानलाई सुनिश्चित गर्छ ।

वार्सा महासन्धि र यसको प्रोटोकलहरु असमर्थ रहेकोले गर्दा यात्रीले पाउने क्षतिपुर्ति रकम ज्यादै न्युन रहेको थियो । महासन्धि कार्यान्वय भएपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र हिमायल एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि थप सहज हुनेछ।

महासन्धिका बारेमा मन्त्रालयले यसअघि नै नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, बीमा समिति, विमान कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगमलगायत सरोकारवालासँग छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS