IME Life New

हरित ऊर्जाबाट समृद्धिको यात्रा: हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने मूल नारासहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन गइरहेको एक्स्पोमा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामाग्री वा सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने ‘जलविद्युत उत्पादन र सेवा प्रतियोगिता’ आयोजना गर्न लागिएको हो।

Esewa
Crest

नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्व दर्शाउन दुई विधामा प्रतिस्पर्धा गराउन लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए। हरेक प्रतिस्पर्धाका विजेताले ४४/४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सर्ट भिडियो बनाउँदा ९० सेकेण्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्व दर्शाउनुपर्ने छ। उक्त भिडियोहरु आयोजक संस्था इप्पानको वेबसाइट (www.ippan.org.np), इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेबसाइट (www.eventsolutionnepal.com.np), हिमालयन हाइड्रो एक्स्पोको वेबसाइट (www.himalayanhydroexpo.com) तथा अफिसियल सामाजिक सञ्जालहरु फेसबुक (Independent Power Producers’ Association, Nepal -IPPAN), इन्स्टाग्राम, युट्युब, लिंकडिन (Independent Power Producers’ Association, Nepal -IPPAN) लगायतमा पोस्ट गरिनेछन्।

सबैभन्दा धेरै लाइक, शेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम र द्वितीय पुरस्कार दिइनेछ। प्रथम पुरस्कार ४४ हजार र द्वितीय पुरस्कार २२ हजार रुपैयाँ रहेको छ। भिडियो पठाउने अन्तिम मिति २७ चैत रहेको छ भने ११ वैशाख २०८१ सम्म आउने लाइक र कमेन्टलाई प्रतिस्पर्धामा गणना गरिनेछ।

त्यस्तै हाइड्रोपवार उत्पादन र सेवासँग सम्बन्धित आइडियाहरु देखाउने प्रतिस्पर्धाका सहभागीहरुले भने आफ्ना रचनात्मक आइडियाहरु एक्स्पो अवधि २०८१ वैशाख १२ देखि १४ गतेभित्र एक्स्पो स्थल भृकुटीमण्डपमा देखाउनुपर्ने छ। यो प्रतिस्पर्धामा सहभागी हुन भने ५ जनासम्मको समूहलाई २ हजार ५०० रुपैयाँ सहभागिता शुल्क तोकिएको छ। यो शुल्कमा हरेक व्यक्तिलाई ३ दिनसम्म लन्च कुपन उपलब्ध गराइने छ। यसमा पनि प्रथम हुने व्यक्ति वा समूहले ४४ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। द्वितीय र तृतीय हुनेले भने क्रमशः २२ र ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

एक्स्पोको अवसरमा अयोजना गरिएको प्रतिस्पर्धाले हरित ऊर्जाले समग्र विकासमा पारेको प्रभाववारे सर्वसाधारणलाइ जनचेतना दिनुका साथै ऊर्जा क्षेत्रमा प्रयोग हुने नयाँ नयाँ अवधारणाहरुको वारेमा जान्न र बुझ्न सहयोग पुग्ने इप्पानका महासचिव बलराम खतिवडाले बताए।

तीन दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरुका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछन्। ५० हजार भन्दा धेरै अवलोकन कर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS