IME Life New

हकप्रद शेयर ल्याउन लागेको रिडी पावर घाटामा, आम्दानीमा पनि ४८% को संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्ना शेयरधनीहरुका लागि हकप्रद ल्याउन लागेको रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा ९ करोड २६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले १ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४८.१० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १८ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ९ करोड ८२ लाख रुपैयाँमा खुम्चिएको छ।

चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १२ करोड ५० लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष जगेडा कोषमा ५० करोड २५ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.९६ रुपैयाँले ऋणात्मक रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २०.९८ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९६.२५ रुपैयाँ रहेको छ।

रिडी पावरले आउँदो फागुन १८ गतेबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ५० प्रतिशत अर्थात १० कित्ता शेयरबराबर थप ५ कित्ता शेयर बिक्री गर्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर बिक्री खुला गर्नेछ। यो हकप्रदमा आउँदो चैत ८ गतेसम्म खरिद आवेदन दिने व्यवस्था गरिएको छ।

रिडी पावरको हकप्रदमा गत माघ २१ गतेसम्म कायम शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। किनकि यो कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ माघ २२ गते बुक क्लोज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS