IME Life New

हकप्रद र एफपीओ निष्कासन अनुमति दिने तयारीमा धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयदेखि रोकिएको साधारण शेयरको सार्वजनिक निष्कासनको अनुमति दिने प्रक्रिया अगाडि बढाउने भएको छ।

लामो समयदेखि धितोपत्र बोर्डबाट आइपीओ, हकप्रद शेयर र एफपीओको अनुमति रोकिएको छ। हाललाई भने हकप्रद शेयर र एफपीओको अनुमति दिने तयारीमा धितोपत्र बोर्ड रहेको हो।

Esewa
Crest

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले केही दिनअघि बसेको सञ्चालक समितिमा साधारण शेयरको सार्वजनिक निष्कासनलाई अनुमति दिने प्रक्रिया रोकिएको विषयमा छलफल भएको थियो। ‘छलफलमा लामो समयसम्म आइपीओ, एफपीओ र हकप्रद शेयरको निष्कासन अनुमति रोक्न नहुने सञ्चालकहरुको मत राखेका थिए’, उनले भने, ‘त्यसैले अहिलेलाई हकप्रद र एफपीओको अनुमति दिने प्रक्रिया अगाडि बढाउन सञ्चालकहरुमा एकमत देखिन्छ।’

सबै मापदण्ड र कागजपत्र पूरा गरेका कम्पनीहरुलाई एफपीओ र हकप्रद ल्याउन दिने सञ्चालकहरु तयार रहेको श्रेष्ठले बताए। ‘सबै मापदण्ड र कागजपत्र पूरा गरेका कम्पनीहरुको एफपीओ र हकप्रदलाई निष्कासन अनुमति दिन सञ्चालक समितिमा पेस गर्ने र उचित भए अनुमति दिने निर्णय भएको छ’, उनले भने।

अध्यक्ष नियुक्त नभइसकेको अवस्थामा पनि सञ्चालक समितिलाई अधिकार नै हुने भएकोले एफपीओ र हकप्रद निष्कासनको अनुमति दिने प्रक्रिया अगाडि बढ्न सक्ने प्रवक्ता श्रेष्ठले बताए। ‘यसका लागि अर्थ मन्त्रालयको अनुमति लिइरहनुपर्दैन’, उनले भने।

अहिले धितोपत्र बोर्डको पाइपलाइनमा ९ वटा कम्पनीको हकप्रद र ५ वटा लघुवित्तको एफपीओ निष्कासन अनुमतिको पर्खाइमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

87%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS