IME Life New

हकप्रदको अनुमति पाएको सिंगटी हाइड्रोले डाक्यो वार्षिक साधारणसभा, छैन लाभांशको अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट चुक्तापुँजीको १०० प्रतिशत हकप्रद बिक्रीको अनुमति पाएको सिंगटी हाइड्रो इनर्जीले १४ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार (माघ ९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थितत धुम्रबराह भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

कम्पनीले हकप्रद शेयर जारी गर्न बुक क्लोज गरिसकेको छ। यद्यपि, हकप्रद जारी गर्ने मिति भने तय गरिसकेको छैन। हकप्रद शेयर जारी गर्न नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन, थपघट तथा परिमार्जन गर्नुपरेमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

प्रबन्धपत्रको दफा ८ (क) संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। आर्थिक वर्ष २०७९/८० का लागि भने कम्पनीले कुनै पनि लाभांशको प्रस्ताव सभामा पेस गर्ने छैन।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब माघ १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS