IME Life New

स्विच अन रिटेलको तेस्रो शोरुम नेपालगञ्जमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसङ मोवाइल फोनहरु बेच्ने स्विच अन रिटेलको तेस्रो शोरुम आज नेपालगञ्जको धम्बोजी चोकमा संचालन भएको छ । उक्त नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि माननीय डा. धवल सम्शेर राणा तथा बिशिष्ट अतिथि नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्टबाट भएको हो । उक्त कार्यक्रममा स्विच अन रिटेल प्रा.लि.का प्रबन्ध निर्देशक सीमा गोल्छाको पनि उपस्तिथि थियो।

काठमाडौँ उपत्यका भित्र दुईवटा ठाउँ, नक्शाल र भक्तपुर गट्ठाघरमा संचालनमा रहेको स्विच अनको तेस्रो शोरुम खोल्ने छनौट किन नेपालगन्ज भन्ने प्रश्नको जवाफमा गोल्छाले “नेपालगन्ज ठुलो महत्वको बजार हो । यो पश्चिम नेपालकै प्रमुख ब्यापारिक केन्द्र मात्र नभई मुख्य प्रवेश द्वार पनि हो । नेपालगन्ज एउटा सम्भावनाको शहर हो भन्ने देखेर उपत्यका बाहिरको विस्तारमा नेपालगन्ज नै पहिलो रोजाईमा पर्यो ” भनिन् ।

Esewa
Crest

बिगत ५ वर्ष देखि संचालनमा रहँदै आएको स्विच अन शोरुमँ मोवाइल, टिभी, रेफ्रिजिरेटर, वाशिंग मेसिन, एयर क्नडिसनर तथा अन्य स–साना घरायसी इलेक्ट्रिक–इलेक्ट्रोनिक्स सामान सामानहरु किन्ने भरपर्दो गन्तव्य बन्दै आएको छ । यी शोरुमहरुमा ग्राहकहरुको सहजताका लागि किस्ताबन्दी सुबिधा र एक्सचेन्ज (पुरानो संग नयाँ साटेर लिने) सुबिधा पनि उपलब्ध हुनेछ।

किस्ताबन्दी कार्यक्रम बारे थप जानकारी दिंदै  गोल्छाले भनिन्, “यो एक्दमै ग्राहक मैत्री र सजिलो छ । यसमा कुनै ब्याज र सेवा शुल्क लाग्दैन । किस्ताबन्दीको प्रक्रिया पुरा गर्न पनि योग्य ग्राहकलाई लगभग ९० मिनेट भन्दा बडि समय लाग्दैन ।” हाल स्विच अन शोरुममा सामसुङ, हिमस्टार, नेपालगञ्ज, चिंट, अहुजा जस्ता ब्रान्डका सामान उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS