IME Life New

स्वास्थ्य बीमा किन र कसरी गर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वास्थ्य मानव जीवन महत्वपुर्ण धन हो । मानिसहरु स्वस्थ भएमात्र सबै काम गर्न सक्छन् । त्यसैले हरेक मानिसहरु आफ्नो स्वास्थ्यलाई ठिक बनाई राख्न प्रयत्न गरिहन्छन् । यद्यपी कतिपय पनि कतिपय मानीसहरु रोग मुक्त हुन सक्दैनन् । त्यसकारण सबै नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ र सामाजिक सुरक्षा विकास समिति २०७१ बमोजिम आर्थिक वर्ष २०७२÷७३ मा कैलाली वाग्लुङ र इलामबाट शुरु भई हाल ३४ जिल्लामा विस्तार भईसकेको छ । अब क्रमशः अन्य जिल्लाहरुमा पनि स्वास्थ्य बीमा विस्तार गर्ने नीति अगाडी बढिरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम देशका सबै नागरिकहरुलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले ल्याईएको नेपाल सरकारको प्रथामिकता प्राप्त कार्यक्रम हो । हाल यस स्वास्थ्य बीमाले उपचारमा अनियन्त्रित रुपमा भईरहेको व्यक्तिगत तथा पारिवारिक खर्चलाई घटाउने लक्ष्य लिएको छ ।

Esewa
Crest

स्वास्थ्य बीमामा कसरी संलग्न हुनेः
प्रत्येक वडामा रहेका दर्ता सहयोगी मार्फत यस कार्यक्रममा आवद्ध हुन सकिन्छ । बीमित हुन चाहने परिवारले हाफ्नो घरमुली तथा अन्य सदस्यहरुका लागि नागरिकता वा नेपाल सरकारबाट जारी वैधानीक परिचय पत्र अनिवार्य रुपमा देखाई परिवारका सबै सदस्यहरुको आवश्यक फाराम भरि दर्ता सहयोगीले मोबाइलबाट फोटो खिचेर मात्र आबद्ध हुन सकिन्छ ।

स्वास्थ्य बीमामा आवद्ध हुन लाग्ने रकम : 
स्वास्थ बीमाको आबद्ध हुनका लागि ५ जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपैयाँ शुल्क लाग्दछ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यका लागि ७ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपाङगता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, टिभि र एचआइभि संक्रमित बिरामी भएका घर परिवारलाई योगदान रकममा पुर्ण छुटको व्यवस्था गरिएको छ ।

स्वास्थ्य बीमामा आवद्ध भएपछि पाइने सुविधा:
५ जना परिवारलाई बोर्डले स्वास्थ्य उपचारका लागि वार्षिक १ लाख रुपैयाँसम्म भुक्तानी गर्छ । ५ जनाभन्दा बढी प्रति थप सदस्य वापत सुविधाको थैलीमा २ लाख बढ्दै जान्छ । र परिवार संख्या अनुसार बढीमा २ लाखसम्मको स्वास्थ्य उपचार पाईन्छ । जेष्ठ नागरिकले वार्षिक १ लाख सम्मको उपचार सुविधा पाउँछन् । स्वास्थ्य बीमामा सुविधा लिन हरेक वर्ष अनिवार्य रुपमा नविकरण गर्नुपर्नेछ ।

यी जिल्लाहरुबाट पाइन्छ स्वास्थ्य बीमा सेवा
प्रदेश १ः इलाम, झापा, सुनसरी, सोलुखुम्बु, भोजपुर, संखुवासभा र खोटाङ
प्रदेश २ः महोत्तरी, पर्सा, रौतहट, धनुषा र सिराह
प्रदेश ३ः भक्तपुर, मकावानपुर, चितवन, रामेछाप र सिन्धुली
गण्डकी प्रदेशः बाग्लुङ, कास्की, म्यादी, तनहुँ, स्याङजा र गोर्खा
प्रदेश ५ः पाल्पा, बर्दिया, रोल्पा, रुकुम पुर्व, प्युठान, अर्घाखाँची, कपिलबस्तु र बाँके
कर्णाली प्रदेशः जाजरकोट, सुर्खेत, रुकुम पश्चिम, जुम्ला, कालिकोट, हुम्ला, डोल्पा र मुगु
सुदुपश्चिम प्रदेशः कैलाली, अछाम, बैतडी,बाजुरा, बझाङ, दार्चुला र कञ्चनपुर

तत्काल लागु हुने जिल्लाहरुः मोरङ र काभ्रे

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%
happy

खुसी

8%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS