IME Life New

स्कुल स्थापनाकर्ताको नामबाट अक्षयकोष स्थापना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेन्छ्यायेम ६ सिक्देम तेह्रथुमस्थीत सिद्धेश्वर माध्यमिक विद्यालयमा छात्रवृति अक्षयकोष स्थापना भएको छ । स्कुलका संस्थापक स्व.मणिशंकर सेरेङ चोङबाङको छोरी उषा सिरेङ इधिङ्गोबाट ३ लाख १० हजारको अक्षयकोष स्थापना भएको हो । मणिशंकर सिरेङ तथा डम्बरकुमारी फुदोङ अक्षयकोष’ नाम राखिएको यस कोषले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने विद्यालयले जनाएको छ ।

अक्षयकोषबारे मणिशंकर सिरेङचोङको शिक्षाप्रेमको कारण स्थापना गरिएको कोषदाता उषा सिरेङले जानकारी दिएकी थिइन् । त्यसैगरी पत्रकार देवेन्द्र खापुङले ३१ वर्षअगाडि मणिशंकर सिरेङलाई पढेको र ऐतिहासिक व्यक्ति भएपनि एकदमै ओझेलमा परेको बताएका थिए ।

Esewa
Crest

उनको कृतिलाई संकलन गरेर पुनःप्रकाशन र जीवनीग्रन्थ प्रकाशन गर्नुपर्ने पत्रकार खापुङको जोड थियो । कार्यक्रममा प्रमुख अतिथि मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले मणिशंकर सिरेङचोङबाङको योगदानको चर्चा गरेका थिए । कोषको स्थापनाले विद्यार्थीहरूलाई प्रोत्साहन मिलेको बताउँदै यो कार्य शुरुवातमात्रै हुनसक्ने, भविष्यमा धेरै कोषहरू स्थापना हुने पनि प्रमुख अतिथि खापुङले बताए ।

कार्यक्रमको बिचमा नातिनातिनाद्वारा संकलित रकमद्वारा खरिद गरिएको टेबल कुर्सी पनि विद्यालयलाई हस्तान्तरण गरिएको थियो । स्कुलको तर्फबाट कोष स्थापनाकर्ता उषा सिरेङलगायत सिमला सिरेङ, दिपबहादुर सिरेङ र राजेन्द्र सिरेङलाई सम्मान गरिएको थियो ।

को हुन् मणिशंकर सिरेङचोङ्बाङ ?
शिक्षाप्रेमी मणिशंकर सिरेङचोङबाङ साविक मोराहाङ ९ मा जन्म भएको हो । सरकारी सेवामा जीवन बिताएका मणिशंकरले तेह्रथुम, ताप्लेजुङलगायतमा जागिर खाएका थिए । शिक्षा नै मानिसको लागि महत्वपूर्ण कारक हो भन्ने बुझेकैले गाउँमा मकैको ढोड बालेर विद्यार्थी बटुली पढाउने गर्दथे । त्यही पढाई नै सिद्धेश्वर प्रावि बनेको हो ।

विद्यालयमा पुस्तकालयको स्थापना, हुलाकको स्थापना गर्नुका साथै वि.सं. २०१० मा चन्द्रमान कन्दङ्वासँग लिथोबाट किरात लिपिको वर्णमाला, इमान सिंह चेम्जोङद्वारा लिखित किरात साहित्यको इतिहास (२०३०) को प्रकाशन गरेका थिए ।

सामान्य ज्ञान (२०३८), जन्मदेखि मर्दासम्मको किरात संस्कार (२०३८), सामान्य ज्ञान –दोश्रो संस्करण), सेरेङचोङ लिम्बू वंशावली, पाङ्गेनहाङ लिम्बू वंशावली, १५६ थरसहित पिल्मङ राई तीन पूर्खाको वंशावली, लिम्बू भाषामा लेकवेँशी अङ्गालेको पालामख्याली, लिम्बू भाषा शब्द सङ्ग्रह, आफ्नो जीवनी, प्राथमिक उपचारसम्बन्धि पुस्तकहरू लेखेका छन् ।

त्यसैगरी तिब्बतमा १८ सालको परिवर्तन, संसारको सृष्टि र मानिसको सृष्टि (मुन्धुम), ३६ जातको फूलबारी थरसहित र विज्ञान सम्बन्धि संकलन पुस्तक पनि लेखेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS