IME Life New

सोल्टी होटल र भगवती हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटल र भगवती हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम मौका रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको मतलब आजसम्म कायम शेयरधनीहरुले यी दुवै कम्पनीको लाभांश पाउनेछन्।

Esewa
Crest

सोल्टी होटलले आफ्नो ४९ औँ वार्षिक साधारणसभा यही पुस २६ गते डाकेको छ। सभा काठमाडौंको कमलादीस्थिति प्रज्ञा प्रतिष्ठानमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

सोही सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको कुल ३१.५७८५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र २६.५७८९ प्रतिशत नगद लाभांश (करसहित) छन्।

यसैगरी भगवती हाइड्रोपावरको २३ औँ वार्षिक साधारणसभा यही पुस २४ गते काठमाडौंको थापागाउँस्थित अर्पण ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुने। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS