IME Life New

सोनापुर मिनरल्स घाटामा, ५९% ले घट्यो आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

पुससम्म कम्पनीलाई १ करोड १४ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। गत असार मसान्तसम्म कम्पनीलाई २५ करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा भएको थियो।

समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्रीबाट ७० करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी गत असार मसान्तसम्मको तुलनामा ५९.२२ प्रतिशतले कम हो। गत असार मसान्तसम्म कम्पनीको आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो।

चुक्तापुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६५ करोड ३३ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तसम्म जगेडा कोषमा ८० करोड १९ लाख रुपैयाँ थियो। जगेडा कोषको आकार पनि १८.५३ प्रतिशतले घटेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ९.६२ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १७४.९८ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS