IME Life New

सोनापुर मिनरल्सले डाक्यो वार्षिक साधारणसभा, शेयरधनीलाई छैन लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार (माघ ३) गते बसेको बैठकले वार्षिक साधारणसभा माघ २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा दाङको घोराही–१५ स्थित होटल माला इनमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। यो आर्थिक वर्षका लागि भने कम्पनीले शेयरधनीहरुका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन।

सभाले कम्पनीको आधारभूत शेयरधनी वा सञ्चालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग आबद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्दै प्रस्तावउपर छलफल गरी अनुमोदन गर्नेछ। सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन पनि सभामा हुनेछ।

सभाले कम्पनीको उद्देश्य थप गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको हाल कायम रहेको चुक्तापुँजी र सञ्चित मुनाफा (फ्री रिजर्भ)को जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

11%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

56%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS