IME Life New

सेवोनका अध्यक्षको सम्पत्ति छानबिन गर्न सार्वजनिक लेखा समितिले दियो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्दीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्षले आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रुपमा विभिन्न कम्पनीहरुलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर ल्याउन अनुमति दिएर गैरजिम्मेवारीपूर्ण कार्य गरेको भन्दै लेखा समितिले हमालको सम्पत्ति छानविन गर्न आयोगलाई निर्देशन दिएको हो ।

आज लेखा समितिमा भएको छलफलपछि समितिले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न अनुमति दिनु भनेको नीतिगत भ्रष्टाचार भएको उल्लेख गरेको थियो। धितोपत्र बोर्डको नियमावली लगायतका विषयमा छलफल गर्दै समितिले घाटामा रहेका कम्पनीलाई शेयर निष्काशन गर्न दिएको, प्रिमियममा शेयर निष्काशन गर्न दिँदा भ्रष्टाचारको आशंका पैदा भएको भन्दै छानबिन गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

बैठकमा तीनवर्ष नाफामा गएको कम्पनीले मात्र प्रिमियममा शेयर जारी गर्न पाउने कम्पनी ऐनमा भए पनि धितोपत्र निष्काशन नियमावली संशोधन गरेर दुई वर्षमा झार्नु नीतिगत भ्रष्टाचार भएको सांसदहरुको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS