IME Life New

सूर्यज्योति लाइफद्धारा घातक रोग वापत १४ लाख ५५ हजार रुपैयाँ भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले घातक रोग वापत मोरङको धनपालथान–६ मा बस्दै आएका राकेश कुमार राजवंशीलाई उपचार खर्च हस्तान्तरण गरेको छ । कम्पनीले बीमा सम्झौता बमोजिम राजवंशीलाई १४ लाख ५५ हजार रुपैयाँ प्रदान गरेको हो । बीमित राजबंशीकै घरमा पुगेर शाखा प्रबन्धक कबिराज दाहाल नेतृत्वको टिमले घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेका हुन् ।

हाल कोरोनरी आर्टरीको उपचारको क्रममा रहेका राजबंशीले सूर्यज्योति लाइफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले उपचारको लागि ठूलो राहत पाएको बताएका छन् । उनले अब उक्त रकमले मुटुको भल्बको शल्यक्रिया गर्ने र बाँकी रकम बचेको खण्डमा लगानी गर्ने समेत जानकारी दिएका छन।

Esewa
Crest

जीवन बीमाबाट मृत्युमा मात्र नभइ घातक रोगमा समेत रकम प्राप्त गर्दा आफुलाई उपचारमा राहत पुगेको उनले बताएका छन् । १८ महिना पहिले १४ लाख ५५ हजार बीमाङ्कको घातक रोग सुविधा सहितको बीमा पोलिसी ८० हजारमा खरिद गरेको र सोही ३५ घातक रोग सम्झौता नम्बर ३२ मा कोरोनरी आर्टरी समस्या प्रमाणित भएकोले उपचार खर्च बापत भुक्तानी गरिएको सूर्यज्योतिका शाखा प्रबन्धक कबिराजले जानकारी दिए।

सूर्यज्योति लाइफले विभिन्न ३५ वटा घातक रोगको उपचार खर्च बापत अधिकतम ५० लाखसम्म दावी भुक्तानी गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS