IME Life New

सूर्यज्योति लाइफको ३ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ३ लाख कित्ता शेयर आज असार २८ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ।

बिक्रीमा राखिएको शेयरमा कम्पनीका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यो शेयरमा साउन ३ गतेसम्म बोलपत्र पेस गर्न सक्ने व्यवस्था गरिएको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन्। अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयका साथै शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर तथा थापाथलीमै रहेको एनआईसी एसिया क्यापिटलमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS