काठमाडौं । ५स् सूर्य नेपाल गल्फ टुर २०२४ २५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरण विक्रम शाही लगातार शीर्षस्थानमा कायमै रहन सफल भएका छन्। आज २ अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३ अन्डर २०३ सहित शीर्षस्थानमा कायमै रहेका हुन्। उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे।
४ अन्डर ६८ सहित समग्रमा १२ अन्डर २०४ को स्कोरमा निरज दोस्रो स्थानमा कायमै छन्। अन्तिम १८ होलको खेल बाकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए।
दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य दुवैले आज ६ अन्डर ६६ को सानदार प्रदर्शन गरे। समग्रमा ६ अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्।
समग्रमा ५ अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४ अन्डर ६८ को स्कोर कार्ड तयार पारे। उनी पाँचौ स्थानमा रहे। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले ३अन्डर ६९ को स्कोर निकाले। समग्रमा ४ अन्डर २१२ सहित छैटौं स्थानमा उक्लिए। आज १ अन्डर ७१ को स्कोरमा समग्रमा ३ अन्डर २१३ सहित दिनेश प्रजापति सातौं स्थानमा छन्।
सञ्जय लामाले ३ अन्डर ६९ को स्कोर दर्ज गरे। समग्रमा भने २ अन्डर २१४ को स्कोरमा आठौं स्थानमा रहेका छन्। समग्रमा इभन पार २१६ स्कोर जोडेका रामे मगर र टंक बहादुर कार्कीले नवौं स्थान बाँडे। रामेले २ अन्डर ७० र टंकले २ ओभर ७४ को स्कोर निकाले।
लगातार तेस्रो दिन पनि शीर्षस्थानमा रहने क्रममा तोरणले फ्रन्ट नाइन २अन्डर ३४ मा सकाए। उनले छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा ११औं र १२औं होलमा एक/एक सट बचाएपनि १०औं र १५औं होलमा बोगीको सामना गरे। योसँगै ब्याक नाइन इभन पार ३६ मा सकाए।
निरजले फ्रन्ट नाइन १(ओभर ३७ मा पुरा गर्ने क्रममा पाँचौं र सातौं होलमा बोगी प्रहार गरे। आठौं होलमा एक सट बचाए। तर उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५(अन्डर ३१ मा सकाए। उनले १२औं, १५औं र १६औं होलमा बर्डी प्रहार गर्दा ४(पारको १८औं होलमा इगलको सफलता प्राप्त गरे।
एमेच्योर राहुलले तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे। फ्रन्ट नाइन १ अन्डर ३५ मा सकाए। ब्याक नाइनमा राहुले सानदार प्रदर्शन गरे। १०औं देखि १२औं होलमा लगातार तीन बर्डी प्रहार गरे। यसपछि १५औं र १६औं होलमा पनि बर्डी प्रहार गर्न सफल रहे। उनले ब्याक नाइन ५ अन्डर ३१ मा सकाए। यो नतिजामस उनी संयुक्तरुपमा तेस्रो स्थानमा उक्लिए।

















