IME Life New

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूँजीको २ प्रतिशत (कर बाहेक) चार करोड २० लाख मात्र र कर प्रयोजनको लागि रु २२,१०,५२६ गरि जम्मा रु। ४,४२,१०,५२६ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

उक्त प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १७ गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS