IME Life New

सुनले बनायो लगानीकर्तालाई मालामाल, वर्ष दिनमै साढे २५% रिटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बजारमा पछिल्लो समय लगातार सुनको भाउ बढिरहेको छ। त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परिरहेको छ।

नेपाली बजारमा सुनको भाउले लगातार रेकर्ड बनाइरहेको छ। आज वर्ष २०८० को अन्तिम दिन शुक्रबार तोलामा २ हजार ४०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष चैत मसान्तसम्म प्रतितोला छापावाल सुन १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

पछिल्लो १ वर्षको अवधिमा मात्रै लगानीकर्ताहरुले सुनबाट २५.४५ प्रतिशत बढी रिटर्न पाएका छन्। अर्थात् सुनको भाउ यो एक वर्षको अवधिमा तोलामै २८ हजार २०० रुपैयाँले बढेको छ।

चाँदीमा लगानी गर्नेहरुले पनि यो एक वर्षको अवधिमा २०.६९ प्रतिशत रिटर्न पाएका छन्। अघिल्लो वर्ष चैत मसान्तसम्म प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबारमा भएकोमा वर्ष २०८० को अन्तिम दिन चाँदी १ हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ।

विश्वभरको सुनको मूल्य लन्डन बुलियन मार्केटले निर्धारण गर्छ। यो संसारमा सुनको कारोबारको प्रमुख मञ्च हो।

विश्वका ठूला सुन खानी व्यवसायी र उद्योगी लन्डन बुलियन मार्केटसँग जोडिएका छन्। अहिले यो बजारमा सुनको भाउ उकालो लागेको छ। जसको असर अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको हो।

अमेरिकी डलर कमजोर हुँदै जानुले पनि सुनको भाउ बढ्दै गएको जानकारहरु बताउँछन्। आयात शुल्क र विश्वव्यापी रुपमा युद्धको अवस्थाले पनि सुनको मूल्यमा असर गरेको छ।

अहिले विभिन्न देशका रिजर्भ बैंकहरुले सुन किनेका कारण पनि सुनको भाउ बढेको हो। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको ठूला क्रेता भनेको विभिन्न देशको रिजर्भ बैंकहरु नै हुन्। उनीहरुले सुन होल्डिङ बढाउँदै लगेको छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS