IME Life New

सुनकोशी मरिन डाइभर्सनमा बन्यो विश्व कीर्तिमान, एक महिनामै १५.३ किलोमिटर सुरुङ निर्माण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तराई–मधेशमा १२ महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको सुनकोशी मरिन डाइभर्सन आयोजनामा विश्व कीर्तिमान बनेको छ।

आयोजनाको सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले १ महिनामै १५.३ किलोमिटर सुरुङ निर्माण गरेको हो। कम्पनीले कम समयमै यति लामो सुरुङ निर्माण कार्य सक्नुले विश्व कीर्तिमान बनेको छ। यो विश्वकै पहिलो अल्ट्रा लङ र अल्ट्रा डिप वाटर डाइभर्सन सुरुङ बनेको छ।

Esewa
Crest

सुनकोशी मरिन डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार सुरुङ निर्माणमा ब्रेक थ्रु भएको छ। मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ। नेपालमा पनि यो गतिमा यसरी काम हुन सक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन्।

बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि सुरुङ निर्माण सुरु गरिएको थियो। ‘अहिले ब्रेक थ्रु भएको छ’, उनले भने।

नेपालका विद्युत तथा अन्य सिंचाइका आयोजनामा सुरुङ निर्माण भए पनि यो आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर खनिएको हो। यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टीबीएमको प्रयोग गरिएको थियो। पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टीबीएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ।

सुनकोशी नदीको पानी मरिन खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ यो आयोजनाको निर्माण सुरु गरिएको हो। आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको छ।

यसैबीच प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा छ। हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजना प्रमुख बरालले बताए।

सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट बीपी राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ। बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इजिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुंग्री र रामेछापको सीमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ। सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ। त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ। त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ।

विसं २०८४ को असोजसम्म आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS