IME Life New

सुजुकीले नयाँ बर्षमा ल्यायो क्यास पाउँ एक्कासी योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्सले आफ्ना ग्राहक बर्गहरुलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ बर्षमा, नयाँ बर्ष २०८१ क्यासपाउँ एक्कासी योजना ल्याएको छ ।

यस बर्ष सुजुकीले ल्याएको नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा रु १०,००० नगद छुट साथै थप Scratch Card  मार्फत पाउनेछन् । जसमा नगद छुट १ लाखसम्म क्यास एक्कासी वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार प्राप्त गर्न सक्नेछन् । साथै फाइनान्समा ० प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकवर्गहरुले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने कुरा जनाएको छ ।

बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ । सुजुकीको मोटरसाइकल आफ्नो जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र बस्तुको मोडेल अनुसारको उत्पादनका लागि ख्याती प्राप्त छ । यो योजना चैत १४, २०८० देखि जेष्ठ १८, २०८१ साल सम्म लागु हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS