IME Life New

सीता रामको नयाँ प्रडक्ट: स्पेसल मिल्क फर टि एन्ड कफी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहकहरुमाझ एक विशिष्ट पहिचान बनाएको सीताराम गोकुल मिल्क्स प्रा. लिले मिति २०८० फाल्गुण १ गतेबाट बजारमा सीता राम मिल्क स्पेसल फर टि एन्ड कफी भित्राएको छ । प्रायजसो, सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरिबाट खुला दुध किनेर चिया वा कफी बनाएको देखिन्छ, तर अब भने उपभोक्ताहरुले सहजै चिया वा कफी बनाउनकालागि स्पेसल दुध लिन पाउने भएका छन् ।

सो दुधले चिया र कफीको स्वाद बढाउनका साथै मुखमा छुट्टै मिठास ल्याउने सीताराम गोकुल मिल्क्स प्रा. लिको भनाई छ । चिया र कफीका पारखि एवम् साना तथा ठुला चिया पसल, क्यान्टिन, पार्टि प्यालेस, होटेल र रेष्टुरेन्टको दैनिक खपतलाई लक्षित गरी सीतारामले सोही दुध १ लिटरको पाउचमा ल्याएको हो ।

Esewa
Crest

सीताराम गोकुल मिल्क्स प्रा. लिले विगत २८ वर्ष देखि दूध तथा दूग्धजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरू उच्च गुणस्तरका हुनुको साथै ग्राहक स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रो प्याकेजिङ् मा पनि उपलब्ध गराइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS