IME Life New

सिमा नाका र विमानस्थलमा कोभिड १९ को परिक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले नेपालका सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्सहरुमा कोभिड १९ लगायत अन्य संक्रामक रोगहरुको परीक्षण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टा भित्रको कोभिड १९ को परिक्षणको नेगेटिभ रिपोर्ट नभएका यात्रीहरुले परिक्षण गर्नु पर्ने भएको छ । पूर्ण खोप प्राप्त गरेका वा ७२ घण्टा भित्रको कोभिड १९ को परीक्षणको नेगेटिभ रिपोर्ट भएता पनि कोभिड १९ सँग मिल्दा जुल्दा लक्षण र चिन्ह भएका यात्रीहरुको पनि अनिवार्य परिक्षण गर्नु पर्नेछ ।

Esewa
Crest

५ वर्ष माथिका वालवालिकाहरु जसले पूर्ण खोप प्राप्त गरेका छैनन् वा जसको ७२ घण्टा भित्रको कोभिड १९ को परिक्षणको नेगेटिभ रिपोर्ट छैन वा उल्लेखित दुबै मध्ये कुनै पनि एउटा भए पनि कोभिड १९ सँग मिल्दा जुल्दा लक्षण र चिन्हहरु छन् भने परिक्षण गर्नु पर्नेछ ।

सिमा तथा हवाई नाकामा खटिएका अधिकार प्राप्त चिकित्सक/स्वास्थ्यकर्मी रोग निगरानीको क्रममा आवस्यक ठानेको अवस्थामा, कोभिड १९ तथा अन्य संक्रामक रोगहरुको स्क्रिनिंगका लागि यात्रुको कोभिड १९ को परिक्षण लगायत अन्य संक्रामक रोगहरुको समेत परिक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS