IME Life New

सिभिल सहकारीमा निक्षेप राखेर सहयोग गर्न इच्छाराज तामाङको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बचत तथा ऋण सहकारी संस्था जोखिममा नरहेको सहकारीका संस्थापक अध्यक्ष तथा सिभिल होम्सका अध्यक्ष इन्जिनियर इच्छाराज तामाङले बताए । जिल्ला सहकारी संघ काठमाडौमा सिभिल सहकारीको बारेमा भएको छलफल कार्यक्रममा बोल्दै उनले निश्चित व्यक्तिले भ्रामक रुपमा सहकारी संस्थाको बारेमा नकरात्मक समाचार फैलाएको बताए ।

छलफल कार्यक्रममा बोल्दै सिभिल सहकारी विशुद्ध रुपमा ऐन अनुसार संचालन भएको बताए । सिभिल ग्रुप र सहकारी एकआपसमा सम्बन्धीत भएकाले सहकारीको ठुलो लगानी सिभिल होम्स्मा भएको तर, गलत तरिकाले लगानी नभएको समेत उल्लेख गरे ।

Esewa
Crest

सिभिल सहकारीले सहकारी ऐनको मापदण्ड पुरा गरेर नै लगानी गरिरहेको बताए । साथै सहकारीले राष्ट्रिय सहकारीमा राखिएको धितो सिभिल होम्सको विशुद्ध भएको बताए । तर, संचार माध्यममा बारम्बार नकाारात्मक समाचार आउँदा सदस्यले निक्षेप निकाल्न थालेको समेत उनले बताए ।

भोलीका दिनमा यसले समग्र सहकारी क्षेत्रमा असर गर्न सक्ने उनले बताए । हाल सहकारीमा ७ अर्ब ५० करोड बचत छ भने २६ अर्ब सम्पति रहेको छ । सहकारीले आफ्नो कमी कमजोरी भए स्वत स्वीकार्ने छ । तर, संचार माध्यमहरुलाई नकरात्मक समाचार सम्प्रेषण नगर्ने उनले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS