IME Life New

सिन्धुपाल्चोक जिल्लाभित्रका ५०० भन्दा बढि स्वास्थ्यकर्मीको कोरोना बीमा गरिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाभित्र कार्यरत रहेका ५०० भन्दा बढि चिकित्सक, नर्स, अहेब, कार्यालय सहयोगी लगायतको कोरोना बीमा हुने भएको छ । पूर्व सञ्चार मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतको संयोजनमा सिन्धुपाल्चोक जिल्लामा कार्यरत स्वास्थ्यकर्मीको कोरोना बीमा गर्न लागिएको हो ।

पूर्व मन्त्री बस्नेतले कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने उद्देश्यले सबै स्वास्थ्यकर्मीको कोरोना बीमा गर्न लागिएको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले भने, ‘जनताको जीवन रक्षामा खटिने स्वास्थ्यकर्मीको उत्साह बढाउन र जोखिम न्यूनिकरण गर्न बीमा गर्ने निर्णय गरेका हौं ।’

Crest

प्रतिव्यक्ति एक लाख रुपैयाँ बीमाङ्कको कोरोना बीमा गर्न स्वास्थ्यकर्मीहरुको सूचि तयार गर्ने काम भइरहेको उनले बताए । पूर्व मन्त्री बस्नेतको संयोजनमा तीन लाख भन्दा बढि बीमा शुल्क लाग्ने बीमाको लागि पहल भएको हो । उनले भने, ‘खर्च व्यहोर्ने अरु साथीहरु पनि खोजेको छु, हामीले सामूहिक रुपमा सबै चिकित्सकहरुको कोरोना बीमा गर्न लागेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS