IME Life New

सिद्धार्थ इन्स्योरेन्सको एजिएम असार १३ गते, यस्ता छन् मुख्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिद्धार्थ इन्स्योरेन्सले असार १३ गते साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले प्रस्ताव गरेको १५ दशमलव ४८ प्रतिशत बोनस शेयर पारित गर्नका लागि असार १३ गते साधारण सभा बोलाएको हो । इन्सुरेन्सले बोनसमा लाग्ने कर तिर्न भने कुनै पनि नगद लाभांश दिएको छैन । यसर्थ, बोनसको कर सेयरधनी आफैले तिर्नुपर्ने भएको छ ।

इन्स्योरेन्सको जेठ २१ गते बसेको सञ्चालक समितिको १ सय ४७ औं बैठकले असार १३ गते बिहान ११ बजे रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा साधारण सभा बोलाएको हो।

Esewa
Crest

सभाले हाल कायम चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँको १५ दशमलव ४८ प्रतिशत अर्थात १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, २०७४ ७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेका छन् । लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभाले संस्थापक सेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

बोनस शेयरमा लाग्ने लाभांश कर भने शेयरधनीले ब्योहोर्नुपर्ने इन्स्योरेन्सले जनाएको छ । साधारण सभाका लागि जेठ ३० देखि असार १३ गतेसम्म बुक क्लोज हुनेछ । जेठ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् । बोनस शेयर वितरण पछि इन्स्यारेन्सको पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS