IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सले सुरु गर्यो नेपालमै पहिलो पटक ‘विद्यार्थीसँग बीमा’ अभियान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व कार्यक्रम आन्तर्गत बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ ‘विद्यार्थीसँग बीमा’ अभियान सुरु गरेको छ । यहि मिति २०७५ असार २३ गते भृकुटिमण्डमा एक कार्यक्रमका विच सिटिजन लाइफ इन्स्योरेन्सका ब्राण्ड एम्बेसडर बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अभियानको संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।

‘देशमा बीमाको जनचेतनाको मात्रा कम रहेको र करिब १० प्रतिशत नेपालीले मात्र जिवन बीमा गरेको पाईएको छ, अधिकांश मानिसहरु जीवन बीमा योजना, यसका सुविधाहरु र यसको योगदानहरुका बारेमा अनभिज्ञ रहेकोले बेलैमा जीवन बीमाको उपयोगिताको बारे जानकारी दिन सिटिजन लाइफ इन्स्योरेन्सले समाजप्रतिको आफ्नो दायित्वबोध गर्दै विद्यार्थीसँग बीमाभन्ने कार्यक्रम लिएर आएको’ सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले बताउनु भयो ।

Esewa
Crest

आफ्नै किसिमको मौलिकता भएको यो कार्यक्रमको उद्देश्य कुनै ब्यवसायीक क्रियाकलाप नभई नेपालीहरुलाई विद्यार्थी जीवन देखि नै कक्षाकोठामै बीमाको बारेमाजानकारी दिलाउनु हो । त्यसै कारण, विद्यार्थीहरु नै भोलिको परिवर्तनको संवाहक र देशको कर्णधार भएको बुझेर सिटिजन लाइफइले ‘विद्यार्थीसँग बीमा’ कार्यक्रम लिएर आएको जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको हाल अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणको लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS