IME Life New

सिटिजन्स बैंकले रु. ३ अर्बको ऋणपत्र ल्याउने, कति पाइन्छ ब्याज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन प्रक्रिया अगाडि बढाएको छ।

सिटिजन्स बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ऋणपत्र ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो बैंकले सिटिजन्स बैंक डिबेन्चर–२०९० जारी गर्नेछ।

Esewa
Crest

सिटिजन्स बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्।

सिटिजन्स बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS