IME Life New

सिंगल प्रिमियम जीवन बीमालेख समर्पण गर्ने बीमित राष्ट्र बैंकको ‘विशेष निगरानी’ मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकल बीमाशुल्क भुक्तानी गरेर वा ठूलो रकम भुक्तानी गरेर छोटो समयमै बीमालेख समर्पण गर्ने बीमितलाई वित्तीय जानकारी इकाईले निगरानीमा राख्ने भएको छ। नेपाल बीमा प्राधिकरणले शुक्रबार सबै जीवन बीमा कम्पनीहरुलाई १३ बुँदे निर्देशन जारी गर्दै भुक्तानी गरिएको भन्दा थोरै रकम लिएर बीमालेख बन्द गर्न खोज्ने बीमितको सम्बन्धमा तत्कालै शंकास्पद कारोबार अन्तर्गत वित्तीय जानकारी इकाईलाई सूचना दिन निर्देशन दिएको हो ।

निर्देशनको ९ नम्बर बुँदा अनुसार महँगो बीमाशुल्क भुक्तानी गरेर किनेको बीमालेखलाई बीमितले भुक्तानी गरिएको पैसाभन्दा पनि थोरै मूल्य भुक्तानी लिएरै समर्पण गर्न चाहेको अवस्थामा तत्कालै राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईमा जीवन बीमा कम्पनीले सूचना दिनुपर्नेछ। यस्तो कारोबारलाई इकाईले शंकास्पद कारोबारका रुपमा लिएर मुद्रा निर्मलीकरणको विषयवस्तु बनाएर थप अनुसन्धान र कारवाही गर्नेछ।

Esewa
Crest

बीमा प्राधिकरणले आतंकवादी कृयाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि बीमकलाई जिम्मेवार बनाउनका लागि शंकास्पद कारोबार सम्बन्धी सूचना आदान प्रदान सम्बन्धी निर्देशनका अलावा थप १३ वटा अवस्थामा शंकास्पद कारोबारको रुपमा सूचना दिन निर्देशन जारी गरेको हो ।

निर्देशनमा बीमितले ग्राहक पहिचान सम्बन्धी विवरण र विस्तृत पहिचान विवरण उपलब्ध गराउन इन्कार गरेको अवस्थामा, बीमितले उपलब्ध गराएको जानकारीलाई सघन पहिचानका क्रममा पुष्टी गर्न नसकेको अवस्थामा, कुनै बीमितले आफू बसोबास गर्ने भूगोलभन्दा  टाढाको भूगोलबाट अस्वाभाविकरुपमा बीमालेख खरिद गर्न चाहेको अवस्थामा शंकास्पद कारोबार र सीमा नाघेको कारोबारको रुपमा रिपोर्ट गर्न भनिएको छ।

यसैगरी कुनै बीमा मध्यस्थतकर्ता (अभिकर्ता)ले नियमन नगरिएको क्षेत्रका लागि वा आपराधिक गतिविधि हुने विशेषगरी लागू ‍औषध, आतंकवादी कृयाकलाप, भ्रष्टाचार हुने क्षेत्रका लागि नियमितरूपमा बीमालेख बिक्री गरेको अवस्थामा, उही प्रकृतीको बीमालेख अन्य कुनै बीमकबाट खरिद गरेको अवस्थामा, बीमितले बीमा दाबीवापतको रकम नगदै भुक्तानी माग गरेको अवस्थामा समेत रिपोर्टिङ गर्न प्राधिकरणले निर्देशन दिएको छ।

यसबाहेक बीमित वा प्रस्तावकको बीमायोग्य हित प्रमाणित हुन नसकेको अवस्थामा, बीमित र इच्छ्याएको व्यक्तिबीच कुनै सम्बन्ध स्थापित हुन नसकेको अवस्थामा, उच्च जोखिमयुक्त मुलुकबाट रेमिट्यान्सका रुपमा बीमाशुल्क भुक्तानी गरिएको अवस्थामा, कुनै धार्मिक संघ संस्थाबाट प्राप्त भएको रकमबाट बीमालेख खरिद गरेकोमा छोटो समयमै समर्पण मूल्य मागेको अवस्थामा पनि वित्तीय जानकारी इकाईमा जानकारी दिनुपर्नेछ।

यसैगगरी निर्जीवन बीमकहरुले कुनै बीमितले दाबी भुक्तानी लिई सकेपछि दाबी भुक्तानी लिनका लागि नै आफ्नो सम्पत्तीमा जानाजानी आगजनी गरेको भन्ने प्रमाण फेला परेमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ गर्नुपर्ने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS