IME Life New

साल फेरियो तर नेप्सेको रङ फेरिएन, पहिलो सातामै लगानीकर्ताको ८५ अर्ब स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुआतसँगै शेयर बजारले पनि लय लिनेमा लगानीकर्ताहरु आशावादी थिए। तर, साल फेरिए पनि बजार रङ भने फेरिएन। अर्थात्, नेप्से परिसूचक नयाँ वर्षको पहिलो साता भएको ४ कारोबार दिनै घटेको छ।

यो साता ४ दिनमात्रै शेयर बजार खुलेको छ। बजार चारै दिन घटेको छ। गत बिहीबार २०२५.७० को विन्दुमा बन्द भएको बजार यो साता बिहीबार १९७२.१४ को विन्दुमा बन्द भएको छ। अर्थात्, यो साता शेयर बजार साढे ५३ अंक गुमाएको छ।

Esewa
Crest

नयाँ वर्षको पहिलो साता शेयर लगानीकर्ताले ८५ अर्ब रुपैयाँ गुमाएका छन्। गत साता बिहीबार ३२ खर्ब १२ अर्ब रुपैयाँ रहेको नेप्सेको बजार पुँजीकरण यो साता घटेर २१ खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ।

बजार जानकार प्रेम ओली विभिन्न कारणले बजार बढ्न नसकेको बताउँछन्। ‘राजनीतिक अस्थिरताले लगानीकर्ताले डराउँदा बजारले गति लिन सकेन’, उनले भने, ‘अर्कोतर्फ अर्थतन्त्र पनि चलायमान बनाउने वातावरण सरकारले बनाउन सकेको छैन।’

ओलीले कर्जाको ब्याजदर घट्नुले पनि बजार सकारात्मक हुन नसकेको बताए। ‘अझै पनि शेयर कर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथि नै छ’, उनले भने, ‘त्यति ब्याजदरमा कर्जा लिएर लगानीकर्ताहरु शेयर बजारमा हाल्न डराइरहेका छन्।’

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पनि लगानीकर्ताहरुले कुरिरहेकाले बजार बढ्न नसकेको ओलीको भनाइ छ। ‘तेस्रो समीक्षामा पनि नीतिगत फेरबदल नहुने अनुमानमा पनि लगानीकर्ताहरु बजार प्रवेश नगरेका हुन सक्छन्’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS