IME Life New

साल्ट ट्रेडिङले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो ५७ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (फागुन ३० गते) बसेको बैठकले वार्षिक साधारणसभा चैत २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशतले हुन आउने ४ करोड १८ लाख ३२ हजार ४६४ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशतले हुन आउने २२ लाख ३९७ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

कम्पनी ऐन, २०६३ बमोजिम ऋण सुविधा लिने स्वीकृतिउपर छलफल गरी सभाले पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृति गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले चैत ९ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS