IME Life New

बस चढ्दा कोभिड कार्ड अनिवार्य, सार्वजनिक स्थानमा जादा खोप कार्ड बोक्नै पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माघ ७ गतेदेखि सार्वजनिक बसमा यात्रा गर्दा कोभिड १९ को खोप लगाएको कार्डलाई अनिवार्य गरिने भएको छ । गृह मन्त्रालयले यसको कार्यान्वयनका लागि सम्बन्धित क्षेत्रका सबैलाई निर्देशन जारी गरेको छ ।

सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड बोकेर हिड्नु पर्ने भएको छ । यदि कार्ड छैन भने मोबाइलबाट फोटो भए पनि देखाउनु पर्नेछ । सम्बन्धित निकायहरुलाई खोप कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था मिलाउन समेत गृहले निर्देशन जारी गरेको छ ।

Esewa
Crest

पछिल्लो समयमा कोभिड १९ तिब्र रुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको पुस २५ गतेको बैठकले गरेका सिफारिसहरुलाई मन्त्रीस्तरको बैठकले कार्यान्वयनका निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS