IME Life New

सामलिङ्ग पावरको आइपिओ नतिजा थाहा पाउन सिडिएससीकै साइटमा कुर्नु पर्ने !

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । नियम अनुसार कम्पनीको प्राथमिक शेयरको नतिजा चार वटा साइटबाट हेर्न सकिने बनाउनु पर्ने भए पनि बिक्री प्रवन्धकको वेवसाइट ह्याङ हुँदा हेर्न नमिल्ने भएको छ । अन्य मर्चेन्ट बैंकिङले जस्तै यसले सम्भावित दाववलाई मध्यनजर गरेर साइटलाई होस्टिङ नगर्दा ह्याङ भएको हो । त्यस्तै प्राथमिक शेयर निष्काशन गर्ने कम्पनी अर्थात सामलिङ पावरले पनि आफ्नो वेवसाइटमा राखेको छैन ।

त्यस्तै सिडिएससीले प्राथमिक शेयरको नजिजा हेर्नको लागि छुट्टै वेवसाइट बनाएको छ । यसमा एसबिआई मर्चेन्ट बैंकिङले तथ्याङ्क पठाए पछि मात्रै हेर्न सकिने भएकाले १० बजेपछि मात्रै नतिजा हेर्न सकिनेछ ।

Crest

त्यस्तै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि कम्पनीको प्राथमिक शेयरको नतिजा थाहा पाउन सकिन्छ । मेरो शेयरले आज बेलुका सम्ममा मात्रै अपलोड गर्ने हुँदा यसबाट थाहा पाउन केहि समय कुर्नु पर्छ । लगानीकर्ताहरुका लागि सबैभन्दा उपयुक्त विकल्प सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेवसाइट बन्ने देखिन्छ ।

आज भएको बाँडफाँडबाट कम्पनीको प्राथमिक शेयर ६७ हजार ८९० जनाले १०/१० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीले कार्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको १४ हजार ६०० कित्ता शेयर १२ जनाले प्राप्त गरेका छन् । त्यस्तै म्युचुअल फण्डका लागि निष्काशन गरिएको ३६ हजार ५०० कित्ता पनि बाँडफाँड गरिएको छ ।

सर्वसाधारण समुहका लागि निष्काशन गरिएको प्राथमिक शेयरका लागि २१ लाख ९८ हजारले आवेदन दिएका थिए । यस मध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएको छ । आवेदन दिने मध्ये २१ लाख ८८ हजार जना मात्रै बाँडफाँडका लागि योग्य भएका छन् ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । जस मध्ये ७५।४ प्रतिशत संस्थापक समुहको, १० प्रतिशत प्रभावित बासिन्दाको र १४।६ प्रतिशत सर्वसाधारणहरुको हुनेछ । आयोजनाको अनुमानित लागत २ अर्ब रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ पर्न आउछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS