IME Life New

सान इन्टरनेसनल कलेजले आफ्नै भवनमा मनायो वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेसनल कलेजले चन्दागिरी नगरपालिका–१४ नैकापमा आफ्नै नवनिर्मित भवनमा स्थापनाको २४ औँ वार्षिकोत्सव दिवस मनाएको छ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा कलेजले स्थापना दिवस आफ्नै नवनिर्मित भवनमा मनाएको हो ।

वार्षिकोत्सव समारोहलार्ई सम्बोधन गर्दै उपसभामुख रानामगरले समयको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै समयको ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसरहरु गुमिरहेको बताइन्। यसका साथै आजको आवश्यकता भनेको युवावर्गको भएको र अबको राजनीतिमा युवाहरुले समेत चासो दिनुपर्ने उनको भनाइ थियो।

Esewa
Crest

राष्ट्र र राष्ट्रियताका सन्दर्भमा घरबाट नै नैतिक शिक्षा लिनु आजको आवश्यकता रहेको उल्लेख गर्दै रानामगरले शैक्षिक संस्थाहरुले जलवायु परिवर्तन र अव्यवस्थित सहरीकरणका सन्दर्भमा समेत विशेष जोड दिई शिक्षा दिनुपर्ने अपरिहार्य रहेको बताइन्।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले विद्यार्र्थी विदेश पलायन हुने क्रम बढ्दै गएकाले यसलाई रोक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले आफू अध्ययन गरेको कलेजको स्थापना दिवस समारोहमा आउन पाएको र कलेजबाट आमन्त्रित गरिएकोमा धन्यवाद दिइन्। उनले आफूलाई कलेजले छात्रवृद्धि उपलब्ध गराई अध्यापन गराएको र आगामी दिनमा नेपालभरका विद्यार्थीलाई भर्ना भई छात्रवृद्धिमा अध्ययन गर्न पनि सुझाव दिइन्।

कार्यक्रममा कलाकारद्वय दीपकराज गिरी र शिवहरि पौड्यालले सान इन्टरनेसनल कलेज साच्चिँकै काठमाडौं महानगरपालिकामा सान भएको र यस चन्द्रागिरी नगरपालिकामा पनि साच्चिँकै सान नै भएर अगाडि बढ्ने शुभकामना दिए। नमुना सामुदायिक विद्यालय कंकाली विधालयका प्रधानाध्यापक विष्णु पनेरुले चन्द्रागिरी नगरपालिकामा सान कलेजलाई स्वागत गरी सबै संस्थागत तथा सामुदायिक विधालयले आवश्यक सहयोग सहकार्य गरी नगरपालिकालाई नमुना बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष डा. सुभाष घिमिरेले शिक्षा र स्वास्थ्य दुवै मानिसका लागि एकअर्काका परिपुरकका रुपमा रहेको उल्लेख गर्दै संस्थागत र सरकारी शिक्षाबीच हातेमालो हुन आवश्यक रहेको बताए। शिक्षा क्षेत्रबाट पनि राष्ट्रलाई ठूलो योगदान दिन सकियोस् भनी कलेजलाई आफूले नाफामुखीका रुपमा नहेरेर विशुद्ध सेवामुखी संस्थाका रुपमा कलेजलाई सञ्चालन गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS