IME Life New

सानिमा लाईफले सार्वजनिक गर्यो सीमित जीवन बीमा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफले इन्स्यारेन्स कम्पनीले सिमित (सावधिक तथा आजिवन) जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले शनिबार एक कार्यक्रम आयोजना गरेर उक्त बीमा योजना सार्वजनिक गरेको हो । जीवन बीमा सेवालाई दुर–दराजसम्म पुर्याउने उद्देश्यले सीमित जीवन बीमा योजना ल्याएको कम्पनीले जनाएको छ।

Esewa
Crest

बीमा लेखको बिशेषता :

बीमा योजना सुरु भएको दिनदेखि बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमाङ्क र आर्जित बोनस एकमुष्ठ प्रदान गरिने व्यवस्था रहेको छ । बीमा समाप्ती मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखका शर्तहरुको अधिनमा रहि बीमाङ्क र समानुपातिक बोनस एकमुष्ठ प्रदान गरिने कम्पनीले जनाएको छ ।

बीमा समाप्ती मितिपछि बीमितको उमेर १०० वर्ष नपुगेको अवस्थामा बीमितको मृत्यु भएमा वा बीमित १०० वर्ष सम्म जीवित रहेको अवस्था मध्ये पहिलो घटनामा पुनः बोनस रहित बीमाङ्क रकम प्रदान गरिने सानिमा लाईफले सार्वजनकि गरेको बीमा योजनामा उल्लेख छ ।

उल्लेखित बीमा योजना अन्तर्गत जीवन बीमा गरी एकल वीमा शुल्क भुक्तानी गरेमा जीवन बीमा प्रारम्भ भएको केहि समय पश्चात् कुनै पनि समयमा बीमालेखको धितोमा कर्जा लिन सक्ने व्यवस्था यस बीमा योजनमा रहेको छ ।

उमेर र बीमा अवधि

यस बीमा योजनामा सहभागी हुनको लागि न्युनतम प्रवेश उमेर १६ र अधिकम प्रवेश उमेर ६५ रहेको छ । यस बीमा योजनाको न्यूनतम अवधि पाँच बर्ष रहेको छ भने अधिकतम अवधि ३० रहेको छ ।
साथै कम्पनीले बीमितको हितको लागि थप बीमाशुल्क भुक्तानीमा ऐच्छिक बीमा सुविधाका प्याकेजहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

१) दुर्घटना मृत्यु सुविधा
थप बीमा शुल्क तिरी यो सुविधा लिन सकिने छ । यसमा परिभाषित दुर्घटनाको कारण बीमितको मृत्यु भएमा पुरक करारमा उल्लेखित बीमाड्ढ वा ५० लाख मध्ये जुन कम हुन्छ सो रकम एक मुष्ट भुक्तान्ी गर्ने छ ।

२) बीमा शुल्क छुट सुविधा
यस करारमा परिभाषित दुर्घटनाका कारणबाट बीमित पूर्ण रुपमा अशक्त भएमा पुरक करारको अधिनमा रहि दुर्घटना पश्चात बीमा शुल्क भुक्तानीमा छुट प्रदान गरिने व्यवस्था रहेको छ ।

३) पूर्ण अशक्तता सुविधा
केहि अतिरिक्त बीमा शुल्क तिरी यो सुविधा लिएमा पुरक करारको परिधि भित्र रहि परिभाषित दूर्घटानको कारणबाट बीमित स्थायी अशक्त भएमा बीमाङ्कको १२० भागको एक भाग मासिक भुक्तानी गरिने व्यवस्था रहेको छ ।

४) सानिमा घातक रोग सुरक्षा योजना
कम्पनीले घातक रोग विरुद्ध बीमा गरेमा ५० लाख सम्मको सानिमा घातक रोग सुरक्षामा सरिक हुन पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS