IME Life New

साताव्यापी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी एशियन लाइफले मनायो १६औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६औं वर्ष पुरा गरी सत्रौंं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । सत्रौंं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०८० चैत १५ गतेदेखि चैत २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको छ ।
वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै आज चैत २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाडौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि समेत ७० जनाले रक्तदान गरेका थिए । वार्षिकोत्सवका अवसरमा चैत्र १७ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।
साथै देशभरका ८० वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत जिन्सी सामाग्री वितरण गरेका छन् ।
वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाइफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा सोही वर्षदेखि निरन्तर सहयोग पुर्याउँदै आएका सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गरे । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको व्यक्त गरे ।
यस कम्पनीको चालू आर्थिक वर्ष २०८०/८१ को फागुनसम्ममा जीवन बीमाकोष रु ४१ अर्ब ३० करोड र कूल बीमाशुल्क रु. ४९ अर्ब रहेको छ । कूल लगानी रु. ४६ अर्ब १० करोड छ । यसैगरी चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु. ५ अर्ब १५ करोड ८७ लाख आर्जन गरेको छ । कम्पनीमा १२ लाख ८२ हजार सकृय बीमालेख छन् । रु.३ अर्ब ३९ करोड ९८ लाख (सूचीकृत हुन बाँकी बोनश शेयर समेत) करोड चुक्ता पूँजी रहेको कम्पनीले निकट भविष्यमै ४२ प्रतिशत  हकप्रद शेयर जारी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS