IME Life New

साढे ६५%ले बढ्यो विदेशी पर्यटकको आगमन, यी ५ एयरलाइन्सबाट भित्रिए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०२३ मा नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्यनीय वृद्धि भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकले यस्तो देखाएको हो।

मन्त्रालयका तथ्यांकअनुसार वर्ष २०२३ मा १० लाख १४ हजार ८८२ विदेशी पर्यटनक भित्रिएका छन्। जुन अघिल्लो वर्ष २०२२ को तुलनामा ६५.५ प्रतिशतले बढी हो। वर्ष २०२२ मा ६ लाख १४ हजार ८६९ विदेशी पर्यटन भित्रिएका थिए।

Esewa
Crest

पछिल्लो एक वर्षमा ५ लाख ६६ हजार ६६५ पुरुष र ४ लाख ४७ हजार ८०७ महिला विदेशी पर्यटक भित्रिएका छन्। जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ५८ प्रतिशत र ७४.९ प्रतिशतले बढेका छन्। सबैभन्दा बढी भित्रिने विदेशी पर्यटकमा ३१ वर्षदेखि ४५ वर्ष उमेर समूहका छन्। यो समूहका पर्यटक ३ लाख १७ हजार १७० भित्रिएका छन्।

यी हुन् सबैभन्दा बढी पर्यटक भित्रिएका ५ देश

  • भारत
  • अमेरिका
  • चीन
  • बेलायत
  • अस्ट्रेलिया

सबैभन्दा बढी पर्यटक भित्र्याएका ५ एयरलाइन्स

  • नेपाल एयरलाइन्स
  • कतार एयरलाइन्स
  • हिमालय एयरलाइन्स
  • इन्डिगो एयर
  • फ्लाई दुबई

वर्ष २०२३ मा नेपाल भित्रिएका प्रतिपर्यटकको औसत दैनिक खर्च ४१ डलर देखिएको छ। अघिल्लो वर्ष २०२२ मा औसत दैनिक खर्च ४०.५ डलर रहेको थियो। वर्ष २०२३ मा विदेशी पर्यटकले ५४ करोड ८२ हजार डलर खर्च गरेका छन्। अघिल्लो वर्ष २०२२ मा विदेशी पर्यटकले ३५ करोड ९७ लाख डलर खर्च गरेका थिए।

नेपालका यी ९ स्थानमा पुगे सर्वाधिक विदेश पर्यटक

  • नेसनल पार्क एन्ड वाइल्डलाइफ रिजर्भ
  • पशुपति क्षेत्र
  • लुम्बिनी
  • मनास्लु
  • मुस्ताङ
  • हुम्ला
  • लोअर डोल्पा
  • कञ्चनजंघा
  • अप्पर डोल्पा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS